देशमा थप ३३९ जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप ३३९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ३३९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७८ हजार ८१९ जना पुगेको छ । देशमा अहिले २२ सय एकजना सकृय सङ्क्रमित रहेका छन् ।

देशमा निको हुने दर घटेको छ ।  देशमा अहिलसम्म दुई लाख ७३ हजार ५२९ निको भएका छन् ।

Facebook Comments