प्रचण्डले मतदातालाई अपमान गर्ने अपराध गरेको छः मन्त्री साह

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गम्भिर आरोप लगाएमा छन् ।

मङ्गलबार प्रचण्डले मन्त्री साहसहित ४ जना सांसदलाई पदमुक्त गरेपछि प्रतिक्रिया जनाउदै मन्त्री साहले प्रचण्डलाई मेरा मतदातालाई अपमान गर्ने अपराध गरेको आरोप लगाएका हुन् ।

“मैले अहिलेसम्म तीन पटक चुनाव जितेको छु । कुनै पनि चुनावमा न त प्रचण्डलाई आफ्नो क्षेत्रमा लगेँ, न त प्रचण्डको घोषणा पत्र न त पोस्टर नै प्रयोग गरेको हुँ । आफ्नो व्यक्तित्व र जनताको विश्वासले चुनाव जितेको छु । आफु एक मत पनि बढाउन नसक्ने प्रचण्डहरुले जनताको मतबाट निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गर्ने कुन नैतिकताले दिन्छ रु” मन्त्री साहले भने, “जनताको मतादेशको कदर गर्न नसक्नेले लोकतन्त्र, विधि र पद्दतिको कुरा गर्न सुहाउँदैन । प्रचण्डको यो कदमले मेरो मतदाताको अपमान भएको छ, यो ठूलो अपराध हो ।”

तीन पटक चुनाव जित्दासमेत आफ्नो चुनावमा कहिले पनि प्रचण्डको उपस्थिति, घोषणापत्र वा पोस्टर केहि पनि प्रयोग नगरेको बताउदै मन्त्री साहले आफ्नो व्यक्तित्व र मतदाताको विश्वासको बलमा चुनाव जितेको जनप्रतिनिधिलाई हटाउने प्रचण्डको कदमले जनताको मत र लोकतन्त्रको अपमान भएको जीकिर गरे ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.