काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालका तीन जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।
प्रदेश सरकामा सहभागि एमालेका तीन जना मन्त्रीहरुले मंगलवार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका हुन् ।
मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आज आर्थिक मामिला मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।
यसअघि एमाले संसदीय दलको बैठकले मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मन्त्रीहरुले राजीनामा दिएका छन् ।
Facebook Comments