धनकुटाको बनमा भीषण आगलागी, १ घर जलेर नष्ट

धनकुटा । धनकुटाको चुलिवन सामुदायिक बनमा भीषण आगलागी भएको छ ।

धनकुटा नगरपालिका वडा नं ७ स्थित चुलिवन सामुदायिक बनमा भीषण आगलागी भएको हो ।

शनिबार दिउँसो २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । चुलिबन सामुदायिक बनमा लागेको डढेलोको कारण बन छेवैमा रहेको धनबहादुर पौडेलको घर जलेर नष्ट भएको छ ।

आगलागीबाट पौडेलको १८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । डढेलोबाट पशु चौपाया र एउटा गोठ जलेर नष्ट भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले वनमा लागेको आगो जिल्लाका दुईवटा दमकलले मात्र आगो नियन्त्रण गर्न नसकेकोले झापा, मोरङ्, तेह्रथुम, सुनसरी, उदयपुर लगायतका जिल्लाबाट पनि दमकल बोलाएर आगो नियन्त्रण गर्दा पनि नियन्त्रण नभएको बताए ।

खाल्डेमा करिब ३५ रोपनीमा क्षेत्रफल फैलिएको डडेलो भने स्थानीयवासी, वन कर्मचारी, सुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना परिचालन गरिनुका साथै , रेडक्रसकर्मी लगायतको सहकार्यमा डढेलो नियन्त्रणमा आएको डिभिजन वन कार्यालय धनकुटा डिभिजनल वन अधिकृत मेघराज राईले जानकारी दिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.