काठमाडौें । बाँकेमा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट भएको छ भने ४ जना घाइते भएका छन् ।
हिजो ३ः३० बजे बाँकेको नरैनापुर गाउँपालिका वडा नं.-४ को खोदवा गाउँमा मा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट हुनुको साथै ४ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार अपराह्न साढे तीन बजेतिर स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो गएराति १ बजे पूर्णरुपमा निभाइएको थियो । आगो निभाउने क्रममा चार जना घइते भएका छन् ।
आगलागीबाट अन्नबाली, काठ, लत्ताकपडा र नगद जलेर करोडौंको क्षति भएको अनुमान गरिएको छ । आगो निभाउन पाँचवटा दमकल प्रयोग गरिएको थियो ।
Facebook Comments