डल्लुमा राष्ट्रपति भण्डारी र झलनाथ खनालबीच भेटघाट जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच अहिले भेटवार्ता शुरु भएको छ ।

    डल्लुस्थित खनाल निवासमा राष्ट्रपति भण्डारी र नेता खनालबीच छलफल भइरहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका हुन् ।

    राष्ट्रपति भण्डारी इतिहासविद डा। महेशराज पन्तले स्थापना गरेको पुस्तकालयको उद्घाटन गर्न डल्लु गएका बेला नेता खनालसँग पनि छलफलका लागि खनाल निवासमा आएको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।

    भेटवार्ता सवा ४ बजेदेखि शुरु भए पनि अहिलेसम्म जारी रहेको उनले बताए । पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भारतको दिल्ली जानुभएको थियो । उपचार गराई फर्किनुभएपछि उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र समसामयिक राजनीतिक विषयमा परामर्श गर्न राष्ट्रपति भण्डारी खनाल निवासमा आएको भट्टराईले जानकारी दिए ।

    Facebook Comments