सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप १ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै कोरोना संक्रमणबाट देशमा मृत्यु हुनेको संख्या ३०३२ पुगेको छ । त्यस्तै देशमा आज थप १२८ कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ जना पुगेको छ । हाल क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक हजार ६१३ जना रहेका मन्त्रालयले जनाएको छ ।
Facebook Comments