सरकारलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र) ले तत्काल फिर्ता नलिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र)ले तत्काल फिर्ता नलिने भएको छ ।

आज बसेको पार्टीको स्थायी कमिटीले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र)ले तत्काल फिर्ता नलिने भएको हो

नेता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार पार्टीको स्थायी कमिटीले अझै एक/दुई दिन समय लिएर आधिकारिक निर्णय लिईने छ । साथै नेता श्रेष्ठले वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहेको जिकिर पनि गरेका छन् ।

त्यस्तै, श्रेष्ठले ओली नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिने कि नयाँ सरकार बनाउने भन्नेमा प्रष्ट हुन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह समेत गरेका छन् ।

उनले आफ्नो पार्टीको लाईन प्रष्ट रहेको भन्दै ओली सरकारलाई विस्थापित गर्न चाहेको जनाए । बैठकमा पार्टीको सांगठानिक संरचना कसरी बलियो बनाउने भन्नेबारे छलफल भएको पनि उनले जनाए ।

Facebook Comments