कोरोनाको कहर : आज कति जना थपिए कोरोना संक्रमित?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ७२ हजार २७२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ८५ संक्रमित निको भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार २१७ पुगेको मन्त्रालयले जनाएको छ ।बिहीवारको विवरण अनुसार कोरोनाले थप कसैको पनि मृत्यु भएन । हालसम्म कोरोनाले मृत्यु हुने संक्रमितको संख्या ३ हजार २० रहेको छ ।

Facebook Comments