बालबिवाह न्युनिकरणमा बाँके युनेस्कोको पहल

बर्दिया । समाजमा व्याप्त रहेको बालविवाह कुप्रथालाई न्युनिकरणका लागि समाजिक संस्था बाके युनेस्को क्लबले आफ्ना अभियानहरु तिव्र पारेको छ।

प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा जिल्लाका ८ वटै पालिकामा रहेका ४० वटा माद्यामिक विद्यालयमा सो अभियान सञ्चालनमा ल्याएको क्लवका कार्यक्रम अधिकृत इश्वर वि.क. ले जानकारी गराएका छन् ।

उनले माध्यामिक तहमा अध्यनरत धेरै किशोर किशोरी बालविवाहको शिकार हुने भएकोले विद्यालयवाट नै बालविवाहविरुद्ध अभियान सञ्चालन गर्नु पर्ने बताए ।

कार्यक्रममा विद्यालयका शिक्षक , अभिभावक र विद्यार्थीको सहभागीता बालविवाह रोक्न विभिन्न छलफल गरि विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरुमा मा समायोजन गर्न कार्ययोजना तयार गरिएको छ ।

कार्ययोजनामा बालविवाहविरुद्ध विद्यार्थीको हस्ताक्षर अभियान सञ्चालन गर्ने, वकतृत्वकला प्रतियोगिता, चिठी लेखन, निवन्ध प्रतियोगिता ,सांस्कृतिक कार्यक्रमहरु तथा विद्यालयमा बालसंरक्षण नीति तयार गर्ने योजनाहरु समावेश गरिएको भेरी मा.वि.का प्रधानाध्यापक महादेव प्रसाद चौधरीले वताए । उनले विद्यालयमा तयार गरिएको योजनाहरु लाई पुर्णरुपमा कार्यान्वन गर्ने र विद्यालयमा वालमैत्रि शिक्षण लाई लागु गर्ने प्रतिवद्धता जनाए ।

बालविवाह समाजमा व्याप्त रहेका भएता पनि कानुनी प्रकृया नजाउदा तथ्यांक एकिन गर्न भने सकिएको छैन । एक अध्ययन अनुसार सामाजिक सञ्जालको माद्यम वाट २० प्रतिशत , आफुखुशी ११ प्रतिशत र अभिभावको करकापवाट २६ प्रतिशत वालवालिकाहरुले बालविवाह गर्ने गरेको पाइएको छ ।

बालविवाहलाई रोक्न समुदायमा सचेतनाका अभियानहरु सञ्चालन गर्नुपर्ने,बालविवाह वहिस्कार गर्ने र कानुनको पुर्ण कार्यान्वयन गरेमा रोकथाम हुने कुरा वांसगढी नगरपालिका ८ की सिता सापकोटा बताउँछन ।

मुलुकी अपराध(संहिता) ऐन २०७४ विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनहुँदैन । यदि यस्तो प्रकारको विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुनेछ र उपदफा(१)बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीनवर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबानाहुनेछ ।

Facebook Comments