काठमाडाैँ । कारोबारको तेस्रो दिन नेप्सेमा पाँच कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ ।
पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी चन्द्रागिरी हिल्सको ९ दशमलव ९८ प्रतिशत,जोशी हाइड्रोपावरको ९ दशमलव ९२ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ९ दशमलव ८३ प्रतिशत, ग्रीन लाइफ हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ७० प्रतिशत र खानी खोला हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ४० प्रतिशतले वृद्धि भएको हो ।
ती पाँच ओटै कम्पनीको शेयरमा खरिदकर्ताको चाप उच्च देखिएका थियो ।
Facebook Comments