‘सम्झौता होइन, माधव पक्षलाई कारबाही गरिन्छ’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहले अगाडि सारेका सर्त मान्न तयार नभएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले खनाल–नेपाल पक्षका सर्त भन्नेभन्दा पनि कारबाही गरेर अगाडि बढ्ने बताए । थापाले भने, ‘अब सम्झौता होइन, माधव नेपाल समूहमा लाग्नेलाई कारबाही गरेर पार्टीबाट निष्कासन गर्ने हो । शुक्रबारको निर्णय दृढ गएर गरिएको निर्णय हो ।’

शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर ओलीले २३ सदस्यीय स्थायी समिति खारेज गरेका छन् भने नेपाल पक्षका नेताहरुले पाएको जिम्मेवारी पनि खोसेका थिए ।

यस्तै ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष महासचिव बाहेक अरु पदाधिकारीको जिम्मेवारी खोसेर निर्वाचन आयोजक कमिटी बनाएका बताएका थिए ।

ओलीले माओवादी पक्षबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गराएका थिए । ओली पक्षीय केन्द्रीय कमिटी बैठकले एमालेको विदेश विभाग प्रमुखबाट माधव नेपाललाई हटाएर डा.राजन भट्टराईलाई जिम्मेवारी दिएको थियो ।

Facebook Comments