दुई फिटका युवकलाई बेहुली चाहियो, पुलिससँग सहयोग माग्दै

एजेन्सी । विवाह गर्ने उमेर पुगेका अधिकांश वयष्क पुरुषको इच्छा राम्रो बेहुली होस् भन्ने नै हुन्छ । परिवार बनाउने मनस्थितीमा पुगेपछि विवाह गर्ने बेहुली नै नपाउँदा ति पुरुषलाई कस्तो हुन्छ होला ?

एउटा यस्तै किसिमको अनौठो घटना भारतको उत्तर प्रदेशमा देखिएको छ ।

विवाह गर्ने उमेर पुगेका एक युवकले विवाह गर्ने युवती नपाएपछि पुलिससँग दुलही खोजी गरिदिन गुहार मागेका छन् ।
उनको कद सामान्य मानिसको भन्दा धेरै कम छ, जसका कारण उनलाई विवाह गर्नका लागि युवती नपाइएको हो ।

उनीसंग बेहुली बन्न कोही तयार नभएपछि पुलिस थाना पुगेर कोही पनि केटी नभेटेको भन्दै सहयोग गरिदिन आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ति युवकको नाम मोहम्मद अजीम हो । उनी अहिले २६ वर्षका भए भने उनको उचाइ २ फिट मात्र रहेको छ ।

Facebook Comments