काठमाडौँ । नेकपा माओवादी केन्द्र र जनता समाजवादी (जसपा)बीच भएको छलफल सकिएको छ । शनिबार बिहान माओवादी पार्टी कार्यालय पेरिसडाँडामा माओवादी र जसपाबीच छलफल भएको हो ।
माओवादी र जसपाबीच भएको छलफलमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्न दुवै पार्टी सकरात्मक भएको जसपाका अध्यक्ष उपेन्द्र यादवले इकागजलाई बताए । ‘ओलीको विकल्प खोज्न माओवादी पनि सकरात्मक भएको छ’ यादवले भने ‘ओलीको सर्वसत्तावाद परास्त गर्ने बैठकले निस्कर्ष निकालेको छ ।’ ओलीलाई कुनै पनि हालतमा प्रधानमन्त्रीबाट हटाउने यादवको दाबी छ । ‘हामी पहिला ओलीको विकल्प खोज्छौँ त्यसपछि कुन पार्टीबाट प्रधानमन्त्री हुने पछि छलफलको विषय हो’ यादवले भने यादवले ओलीसँग कुनै हालतमा सहकार्य नहुने दाबी गरे ।
शनिबार बिहान माओवादीको स्थायी कमिटी बैठकलगत्तै माओवादीसँग छलफल गर्न जसपाबाट यादव र डा. बाबुराम भट्टराई पेरिसडाँडा पुगेका थिए । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ र देव गुरुङ बैठकमा सहभागी थिए ।












Facebook Comments