Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
वीरगंज । उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता इश्वर पोखरेलले माओवादी केन्द्रतर्फ लागेर बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका नेताहरुलाई कसरी समेट्ने भन्नेबारे पार्टीमा छलफल भइरहेको बताएका छन्।
प्रेस संगठन पर्साले वीरगंजको होटल भिस्वामा बिहीवार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले आत्मआलोचनाको मौका दिइने विषयमा छलफल भइरहेको जनाए। पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालको विषयमा ठोस निर्णय गरी पार्टीले एक पटकको लागि आत्मआलोचना गर्न मौका दिइने विषयमा छलफल भइरहेको उनले बताएका हुन्। ‘माओवादीबाट आएका साथीहरुलाई सम्मानको साथ जिम्मेवारी र पद दिइन्छ भने नेकपा एमालेको लाइन बिर्सेर माओवादीतिर लागेको साथीहरु पनि एमालेमै फर्किनु भएको छ, उहाँहरुको बारेमा पनि पार्टीको केन्द्रीय कमिटिमा छलफल गरी जे निर्णय हुन्छ त्यही अनुसार जिम्मेवारी र स्थान दिइने छ,’ उपप्रधानमन्त्री पोखरेलले भने।
नेपाल भारत सीमा पूर्ण रुपमा खोल्नु पर्ने माग सीमावर्ती क्षेत्रको नागरिकको अवाज उठिरहेको सवालमा उनले स्थनीय जिल्लाका संकट व्यवस्थापन केन्द्रले सीमा खोल्नुपर्ने निर्णय गरेर उच्च स्तरीय संकट व्यवस्थपन समितिमा पठाएपछि आफू उक्त समितिको संयोजकको नाताले गृह मन्त्रालसँग छलफल गरी सीमा खोल्न पहल गर्ने प्रतिबद्धता उनले जनाए। पोखरेल रौतहटको मौलापुर नगरपालिकाको पत्रौरामा महाशिवरात्रिको दिन आयोजित महायज्ञको कार्यक्रममा सहभागी हुन हिजो राति वीरगंज आइपुगेका हुन्।
त्यसैगरी, वीरगंज–पथलैया सडक खण्डमा अलपत्र परेको सडक विस्तारको योजना तथा वीरगंज तिलावे पुलसम्मको सडक विस्तारको योजनालाई नेपाल सरकारले गम्भीरता पूर्बक हेरिरहेको र त्यस विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीज्यूहरुसँग छलफल गरी यथाशीघ्र काम सकाउन आफुले पहल गर्नेसमेत बताए।
अगामी संसदबाट प्रधानमन्त्री चयनको विषयमा उनले शुरुमा अविश्वासको प्रस्ताव टेबल भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने र त्यसो नभएको खण्डमा अन्य दलहरुसँग सरकार निर्माणको सहकार्य हुने बताए। यदि त्यो पनि नभएको अवस्थामा देश चुनावमा जाने अवस्था सिर्जना हुने उनको दाबी रह्यो। उनले अहिलेको अवस्थमा सरकार गठनको लागि सबै दलहरुसँग छलफल चलिरहेको समेत बताए। नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराको अध्यक्षता र पत्रकार अनुप तिवारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका सल्लाहकार अच्यूत मैनाली, पूर्व सभासद राजकुमार गुप्ता, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेकपाका नेता बसरुद्दीन अन्सारी, डा. विश्वम्भर शर्मा, महेश दास, निर्मला देवकोटालगायतको सहभागिता थियो।




Facebook Comments