काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको ठहर गर्दै तत्काल उनलाई सहयोग नगर्ने निष्कर्ष निकालेको छ ।
आज बसेको संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको प्रतिनिधिसभा सदस्य एवम् जसपाका कार्यकारीणी सदस्य राजकिशोर यादवले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमको अधिकांश सांसदले विरोध गरेको बताउँदै यादवले यस अवस्थामा उनलाई सहयोग गर्नु आत्मघाती हुने निष्कर्षमा सांसदहरु पुगेको बताए ।
पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि जसपा नेपालले त्यसको विरोधमा आन्दोलन गरेको थियो । सो आन्दोलनमार्फत जसपाले प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको भन्दै त्यसको खारेजीको माग गरेको थियो । तर प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय फिर्ता लिएनन् । सर्वोच्च अदालतले सो निर्णयलाई उल्टाइ दियो । प्रधानमन्त्री ओलीले अझै पनि संसद विघटन गरेकोमा कुनै पश्चाताप गरेका छैनन् । प्रधानमन्त्रीले अझै हठ नत्यागेकोले त्यस्तो व्यक्तिसँग सहकार्य गर्न नसकिने भन्दै बैठकमा सांसदहरुले कुरा उठाएका थिए ।












Facebook Comments