विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हतियार र सेनाका विषयमा प्रश्न उठाएका छन् ।
सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिमा हतियार र सेनाका विषयमा टुंगो नलगाइएको उल्लेख गर्दै नेता भट्टराईले त्यस विषयमा चिन्ता व्यक्त गरेका हुन् ।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसगँको भेटमा बोल्दै नेता भट्टराईले ०६२- ०६३ मा तत्कालीन माओवादी शान्ति पक्रियामा आउँदा हतियार, लडाकु के गर्ने भनेर टुङगिएपछि सबै शान्ति प्रक्रियामा आबद्ध भएको बताए । तर, यो सहमतिमा विप्लव समूहका हतियार के हुन्छन् ? विप्लव समूहले बनाएका सेना के हुन्छन् ? यो टुङगो लगाउन जरुरी रहेको उनको भनाइ छ।
Facebook Comments