काठमाडौं । नख्खुस्थित एनसेल कार्यालयको गेटमा बम विस्फोट गरएको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका आफ्नै पार्टीका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कारनगार पुगेका छन् ।
सरकारसँग तीनबुँदे सहमति भएको भोलिपल्टै विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने सुदर्शनलाई भेट्न पुगेका हुन् ।
सरकारसँग भएको सम्झौतामा सबैलाई रिहा गर्ने सहमति भएपनि सुदर्शनलगायत केही कार्यकर्तालाई भने छाडिएको छैन ।
विप्लवले कारागारमा रहेका अन्य कार्यकर्ताहरुसँग पनि भेट गरेका छन् ।
सुदर्शन २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका थिए ।
ललितपुर जिल्ला अदालतले २०७५ बैशाख १० गते मंगलबार सुदर्शन शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई र वीरबहादुर कठायतलाई थुनामा पठाउन आदेश दिएको थियो ।
उनीहरुविरुद्ध बम विस्फोट गराइ कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको अपराध, विध्वंसात्मक कार्य, संगठीत अपराधसम्बन्धि मुद्दा लगाइएको छ।
ललितपुरको नक्खुमा रहेको एनसेल कार्यालयमा २०७५ फागुन १० गते बम विस्फोट गरिएको थियो। जसमा एकजनाको मृत्यु भएको थियो भने तीन जना गम्भीर घाइते भएका थिए।
उक्त विस्फोटको विप्लवको पार्टीको तेस्रो वरियदाका नेता सुदर्शनले सार्वजनिक रूपमा जिम्मेवारी लिएका थिए।
Facebook Comments