विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द(विप्लव) माथि लागेको प्रतिबन्ध फुकुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै बसेको मन्त्रिपरिषद बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध हटाएको छ ।

विप्लव नेतृत्वको नेकपा र सरकारबीच तीन बुँदे सहमति भइसकेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विप्वल नेतृत्वको माओवादीसँग भएको सहमति सार्वजनिक भएपछि लागू हुनेगरी अनुमोदन गरेको छ ।

यसैबीच विप्लव समूहका नेता–कार्यकर्तालाई बिहिबारसम्म हिरासतबाट रिहा गर्न सरकारले सर्कुलर गरेको छ ।

गृह मन्त्रालयले बुधवार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको हो ।

Facebook Comments