मेसीले खेले बार्सिलोनाका लागि कीर्तिमान खेल

म्याड्रिड । लियोनल मेसीले बार्सिलोनाका लागि आइतबार कीर्तिमान खेल खेलेका छन् । मेसीले बार्सिलोनाका लागि खेलेको ५०६ औं खेलसँगै उनी बार्सिलोनाका लागि लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमानी खेलाडी भएका छन् ।

यसक्रममा उनले बार्सिलोनाका लागि ज्याभी हर्नान्डेजको नाममा रहेको ५०५ खेलको कीर्तिमानलाई उछिनेका छन् । तर बार्सिलाना भने खेलमा १–१ को बराबरीमा रोकियो ।

एलेक्स फर्नान्डजले ८९ औं मिनेटमा काडिजका लागि बराबरी गोल गरे । यसअघि मेसीले ३२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

बराबरीको नतिजापछि काडिज लिगमा लगातार चौथो हार रोक्न सफल रह्यो । तर पनि टिम रेलिगेसन क्षेत्रबाट खालि चार अंकमात्र अगाडि छ ।

Facebook Comments