सरकारले लोकतन्त्रको बाटो बिराउने काम गर्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लोकतन्त्रको बाटो नबिराउने दावी गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेल भएकाे कार्यक्रममा उनले शुभकामना दिँदै भने, ‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन। संविधान मिच्दैन, मिच्न दिँइदैन। जनताको अभिमतभन्दा विपरित जाँदैन र जान दिँदैन।’

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई सानातिना मतभेदलाई त्याग्दै सबैलाई शान्तिपूर्ण राजनीतिमा आउनसमेत आग्रह गरे । ‘साना मतभेद त्यागौं। शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन हार्दिक आग्रह गर्दछु,’ ओलीले भने।

नेपाललाई एकजुट बनाउनुपर्ने उल्लेख गर्दै सबैको चिन्तन राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने सुझाव दिए। प्रधानमन्त्रीले देशको विकास द्रुत गतिमा हुनुपर्नेसमेत बताए।

Facebook Comments