फेरि बढ्याे १५ दिन लकडाउन

काठमाडौं । सरकारले लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब जेठ २० गतेसम्म लकडाउन हुने भएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९१ जना पुगेको छ भने दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.