थप १०५ जनामा कोरोना संक्रमण, ९९ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ९९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ ।

यसैगरी आज देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५८७ रहेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै हिजो नेपालमा १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Facebook Comments