अवहेलना मुद्दाको लिखित जबाफसहित चार पूर्वप्रधानन्यायाधीश सर्वोच्च अदालत पुगे

काठमाडाैं । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।

सर्वाेच्चले उनीहरुलाई लिखित जवाफ पेस गर्न गरेकाे आदेश उनीहरूले साेमबार सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेस गरेका हुन् ।

प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए ।

निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गरिएको छ ।

पूर्वप्रधानन्यायाधीशहररू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पुस २४ गते प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

Facebook Comments