काठमाडौं । बालिका बलात्कारकाे आरोपमा काेटेश्वरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा महेन्द्रनगर नगरपालिका–५ घर भइ काठमाडाैं काेटेश्वरकाे लक्ष्मी स्वीट पसलमा काम गर्ने २१ वर्षीय दीपेन्द्र मण्डल रहेका छन् ।
उनलाई प्रहरीले १४ वर्षीया बालिका बलात्कारकाे आरोपमा शनिबार साँझ पक्राउ गरेकाे हाे ।
मण्डलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। पीडित बालिकाको मेडिकल जाँच गर्न पठाइएकाे प्रहरीले जनाएको छ।
Facebook Comments