काठमाडाैं । नेपाली कांग्रेसले केरुङ नाकामा आयात—निर्यात सहज बनाउन सरकारसँग माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको संक्रमणको प्रभाव सामान्य बनिरहेको बेला उत्तरी सीमाको प्रमुख व्यापारी नाका सहज रुपमा खुल्ला गर्न सरकारसँग माग गरेका हुन् ।
‘२०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर, दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ,’ विज्ञप्तीमा भनिएको छ ।‘
Facebook Comments