भागरथी हत्या प्रकरणः अनुसन्धानमा कुनै लापरबाही नगर्न कांग्रेस महिला विभागकाे माग

काठमाडौं । नेपाली कांग्रेसकाे महिला विभागले बैतडीकी १७ वर्षीया किशाेरी भागरथी भट्टको हत्यासम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ ।

महिला विभागकी सचिव लक्ष्मी खतिवडाले आइतबार एक विज्ञप्तिमा जारी गरे अपराधीलाई हदैसम्मको कारबाही गर्न  माग गरेको हाे ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘भगिरथी भट्टको बलात्कार र हत्याको घटनाले सिंगो मुलुकलाई फेरि स्तब्ध बनाएको छ । नेपाली कांग्रेस महिला विभाग यो घटनाको घोर निन्दा र भर्त्सना गर्दछ । उक्त घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय होस् भनी सरकार समक्ष जोडदार माग गर्दै यो घटनाको अनुसन्धानमा कुनै लापरबाही नगरियोस् भन्ने महिला विभाग चेतावनी दिन चाहन्छ ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.