भागरथी भट्टको हत्यारालाई कारबाही गर्न नेविसंघको माग

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ‘बलात्कारपछि हत्या’ गरिएकी बैतडीकी भागरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ।

नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले एक विज्ञप्ति जारी गर्दै बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरिएको घटनाले नेविसंघ स्तब्ध भएको भन्दै हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायत किशोरीको बलात्कार गरी हत्या हुँदासमेत घटनामा संलग्नलाई पक्राउ गरी कारबाही नहुनु दुःखद भएकाे अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.