काठमाडाैं । प्रदेश १ काे प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूह (केपी शर्मा ओली – रामहादुर थापा र पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल)बीच सहमति जुट्न नसकेपछि दिउँसो २ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेकाे छैन् ।
चार घण्टादेखि कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । बैठकमा नेकपा ओली समूहका नेताहरूले बैठक सूचना टाँसेर स्थगित गर्नुपर्ने बताएका छन् भने प्रचण्ड–नेपाल समूहका नेताहरूले बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेस गरिनुपर्ने अडान राखेका छन् ।
विपक्षी दलहरूले पनि बैठक सञ्चालन गर्नुपर्ने बताएका छन् ।
Facebook Comments