हेटौंडा । बागमती प्रदेशसभाको बैठक बोलाउन माग गर्दै नेकपा (प्रचण्ड–नेपाल समूह) ले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गरेको छ ।
आज बस्ने तय भएको बैठक अकस्मात र विनाकारण स्थगित गरिएको विरोधमा प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका हुन् । उनीहरूले ‘अल्पमतको सरकार राजीनामा दे’ भन्दै नारा लगाएका थिए।
आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर, सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति बैठक फागुन पहिलो सातासम्मका लागि स्थगित भएको सूचना जारी गरेका थिए ।












Facebook Comments