‘ओलीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सक्छन्’

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली नेपाललाई हिन्दु राष्ट्र बनाउने लागेको आरोप लगाएका छन् ।

आइतवार माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले पञ्चायतको बेलामा कम्युनिस्टहरूमाथि आक्रमणमा उत्रेकाहरू अहिले ओलीको प्रसंशामा लागिरहेको बताए ।

‘ओलीको कदमले दक्षिणपन्थी फुरफुर गर्न थालेका छन्, २३ गतेको सभामा राजावादीहरू ओलीको सभामा आउने भनिरहेका छन् । पञ्चायतको बेलामा कम्युनिस्टलाई आक्रमण गर्ने भद्रकुमारी घलेहरू ओलीको समर्थनमा लाग्नुको अर्थ के हो?,’ पाण्डेले भने ।

पाण्डेले प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टामा लागेको आरोप लगाए । ‘प्रधानमन्त्री ओली नेपाललाई हिन्दु राष्ट्र बनाउने कोषिशमा लागेको पनि सुनिएको छ,’ पाण्डेले भने ।

Facebook Comments