मिनेन्द्र रिजाल भन्छन् – ओलीले सत्ता टिकाउन संसद विघटन गरेर निर्वाचनकाे घाेषणा गरे

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले सत्ता टिकाउन कै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचनकाे घोषण गरेको दावी गरेका छन् ।

रिपोटर्स क्लव लुम्बिनी प्रदेशले आइतवार गरेकाे साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्वाउनका लागि निर्वाचनकाे मिति घोषणा नगरेको दावी गरे ।

‘यो सरकार निर्वाचनका लागि मिति घोषणा गरेको होइन् । प्रतिनिधिसभा नरहे पछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणको बहाना मात्रै हो ।’-उनले भने ।

‘नरहे बासँ नरहे बसुरी’को संज्ञा दिदै ओली सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गरे । उनले सवोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए । नेता रजालले संविधानको मर्म अनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गरे । विगतको प्रतिकुल अवस्थामा पनि अदालतले सहि निणर्य लिएको स्मरण गर्दै उनले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदालतको गरिमा कायम गर्ने आशा व्यक्त गरे । उनले भने ।

Facebook Comments