नग्न फोटो सार्वजनिक भएकी प्रेमिकालाई बनाए थाइल्याण्डका राजाले दोस्री रानी

एजेन्सी। थाइल्याण्डका राजाले  प्रेमिकाको जन्मदिनको अवसरमा  देशकी दोस्री रानी बनाएका छन् ।

६८ वर्षका महा वाजीरालंकर्णले मंगलबार प्रेमिका सिनिनात वोङवाजीरापक्डीको बैंककमा मनाइएको  ३८ औं जन्मदिनको अवसरमा क्राउन लगाइदिएको बिल्डलाई उद्धृत गर्दै डेलीमेलले जानकारी दिएको छ ।

यसअघि सन् २०१९ मा थाई रानीको राज्याभिषेकको क्रममा बाधा निम्त्याउने कोसिस गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो ।

सिनिनतले थाइल्याण्डमा एक पाइलटको रुपमा तालिम पनि लिएकी छिन् । उनले थाई राजाको शाही बडीगार्ड युनिटमा पनि काम गरेकी छिन् । सन् २०१९ मा उनको प्रोमोशन भएको थियो र उनलाई मेजर जनरल बनाइएको थियो ।

केही महिना अघि उनका हज्जारौंको संख्यामा नग्न फोटो सार्वजनिक भएको थियो । थाइल्याण्डको राजासँग नजिकिएका कारण रानीले नै उनको तस्बिर लिक गराएको मान्यता राखिएको थियो ।

थाइल्याण्डमा राजतन्त्रविरुद्ध प्रदर्शन चलिरहेका बेला राजाले अचानक यस्तो निर्णय गरेका हुन् ।

Facebook Comments