१६ डिएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १६ जना डिएसपीलाई एसपी पदमा बढुवा सिफारिस गरेको छ ।

एआईजी निरज बहादुर शाही सदस्य सचिब रहेको बढुवा सिफारिस समितिको आज बसेको बैठकले एसपी बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

एसपी बढुवा सिफारिस हुनेहरुमा भुवनेश्वर तिवारी पहिलो र ऋषिराम कँडेल दोस्रो नम्बरमा रहेका छन् ।

यस्तै सुरेश प्रसाद काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदम बहादुर बिष्ट, सुवास चन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित के.सी, राज कुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे, बीरेन्द्र बहादुर शाही र राजेन्द्र बाबु रेग्मी रहेका छन् ।

Facebook Comments