अभिनेत्री जयश्रीले गरिन् उपचारकक्षमै आत्महत्या

काठमाडौं । भारतको कन्नड अभिनेत्री र बिग बोस कन्नडकी पूर्व कन्टेस्टेन्ट जयश्री रमैयाले सोमबार आत्महत्या गरेकी छन् ।

उनको शव बेंगलुरमा उनको उपचार भइरहेको आश्रमको कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

उनी लामो समयदेखि डिप्रेशनसँग लडीरहेकी बताइएको छ । त्यसकारण उनी सन्ध्या किरण आश्रममा गएर बसेकी थिइन् ।

Facebook Comments