सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ। गत २४ घण्टामा ३३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये ३ हजार २४० जना सक्रिय संक्रमित छन्। सोमबार प्रदेश १ को झापामा ३ र सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ को पर्सामा ३, बारामा ३, महोत्तरीमा एकजना, सप्तरीमा २ र सर्लाहीमा एकजनामा कोरोना भेटिएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १३३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा ३४, दोलखामा एकजना, धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा एकजना र ललितपुरमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २३, तनहुँमा ३, नवलपरासीमा पूर्वमा ७, पर्वतमा २, मुस्ताङमा एक, म्याग्दीमा ३, लमजुङमा एकजना, र बाग्लुङमा ५ कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, गुल्मीमा २, दाङमा १२, पाल्पामा २, बर्दियामा २, बाँकेमा ३४, रुपन्देहीमा १५ र रोल्पामा एकजनामा कोरोना संक्रमण देखिएको छ ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा २, डडेल्धुरामा २, बाजुरामा एक र बैतडीमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Facebook Comments