मुरली गोडिया
बर्दिया जिल्लामा उद्योग संचालन गर्न लगानी मैत्री वातावरण निर्माण गर्नुपर्ने देखिएको छ ।
बर्दिया एलपी ग्याँस विक्रेता संघ बर्दियाका अध्यक्ष इन्द्र कुमार श्रेष्ठले जिल्लामा लगानी लगाउन उद्योगीहरु तत्पर भए पनि उद्योगीहरुले लगानी मैत्री वातावरण नपाएका कारण हुन नसकेको बताए ।
उद्योगीहरुकोे सुरक्षा, लगानीको प्रतिफल लगायतका कुरामा ढुक्क बनाउने सके जिल्लामा व्यापारीहरु लगानी गर्न तयार रहेको अध्यक्ष श्रेष्ठले बताए । रकम लगानी गर्न सक्ने व्यापारीहरु अन्य स्थानमा गइ आफनो व्यापार गर्ने गरेको उनले भने ।
स्थानीय सरकार तथा स्थानिय प्रशासनले लगानी मैत्री बाताबरण निर्माणमा चासो देखाए स्थानिय स्तरमा लगानी गर्ने व्यक्ति प्रशस्तै रहेको उनको भनाई थियो । जिल्लामा छरिएर रहेका ग्यास विक्रेताहरुलाई २०७५ सालमा एकाकृति गरि एलपी ग्याँस विक्रेता संघ बनाई विक्रेताहरुको समास्या समाधान गर्न खोजिएको श्रेष्ठले बताए ।
स्थानिय स्तरमा विभिन्न उद्योगहरु संचालन गर्न सके रोजगारीको सिर्जना हुनुको साथै आर्थिक समृद्धि हासिल गर्नमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । उद्योगीहरुलाई लगानी गर्न र स्थानिय व्यापारीलाई स्थानिय स्तरमै रोक्न उद्योग बाणिज्य संघले समेत ध्यान दिन अवश्यक रहेको श्रेष्ठले बताए ।
Facebook Comments