चीन-पाकिस्तान आर्थिक करिडोरका विषयमा दुवै देशबीच गम्भीर असहमति


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

एजेन्सी । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिइटिभ अन्तर्गतको चीन-पाकिस्तान आर्थिक करिडोरका विषयमा दुवै देशबीच गम्भीर असहमति भएको छ ।

जसका कारण चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) को वार्षिक द्विपक्षीय शिखर सम्मेलनमा ढिलाइ भएको छ । संयुक्त सहकार्य समिति (जेसीसी० सीपीईसीको प्रमुख निर्णय गर्ने निकाय हो ।

यो योजनामा संयुक्तरुपमा पाकिस्तानको योजना, विकासमन्त्री र चिनियाँ राष्ट्रिय विकास र सुधार आयोगका उपाध्यक्षले अध्यक्षता गरिँदै आएको छ ।

पहिलो जेसीसी बैठक २०१३ को अगस्तमा सम्पन्‍न भएको थियो भने पछिल्लो पटक नोभेम्बर २०१९ मा सम्पन्‍न भएको थियो। जेसीसीको १० औं बैठक सन् २०२० को सुरुवातका लागि तयर गरिए पनि हालसम्म बस्‍न सकेको छैन ।

सन् २०२० को सुरुवातमा कोरोना महामारीलाई कारण देखाउँदै बैठकमा ढिलाइ गरेको भन्‍ने देखाइए पनि हाल वास्तविकता भने बाहिरिएको छ । निक्कि एसियाका अनुसार बैठकमा ढिलाइ हुनुको मुख्य कारण कोरोना महामारी नभइ मेन लाइन-१ ९एमएल (१० रेल परियोजना र विशेष आर्थिक क्षेत्रकाबारे दुबै मुलुकबीचको असहमति रहेको भन्‍ने खुलेको छ ।

पाकिस्तानको योजना, विकास र विशेष पहल मन्त्री असद उमरले स्थानीय मिडियालाई नोभेम्बरमा १० औं जेसीसी आगामी महिनामा आयोजना गरिने बताएका थिए । तर, हालसम्म बैठक कहिले बस्‍ने भन्‍ने कुनै टुंगो लागेको छैन । तर, नाम नखुलाउने शर्तमा पाकिस्तानी योजना आयोगका अधिकारीले भने तीन महिनासम्म बैठक बस्‍न नसक्ने बताएका छन् ।

एमएल-१ सबैभन्दा ठूलो सीपीईसी परियोजना हो । यो करिब ६.८ मिलियन डलरको लागतमा भन्‍ने परियोजना भएको जनाइएको छ । यसले पाकिस्तानलाई थप ऋणमा डुबाउने देखिएकोले पाकिस्तानले यस विषयमा पुनर्विचार गर्ने भएको छ । उक्त रकम पाकिस्तानलाई तीन प्रतिशत ब्याजमा उपलब्ध गराइने भएको हो ।

Facebook Comments


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167