काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप यही माघ १४ गते बुधबारदेखि लगाउन सुरू गरिने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ ।
आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् ।
भारत सरकारले दिएकाे १० लाख डोज कोरोना खोप ‘कोभिशिल्ड’ लगाउन सुरू गरिन लागिएकाे हाे ।
Facebook Comments