सरकारले कसैलाई ‘खाते’ हुन दिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिले सडक बालबालिका नभएकाे दावी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित अपांगता निवारणका लागि काम गरिरहेका ९ वटा संस्थाहरुले गरेको कार्यकमा प्रधानमन्त्री ओलीले भने- “हिजो सडकभरी बालबालिका हुने गर्थे । जसलाई खाते भन्ने नाम लिएर सम्बोधन गर्ने गरेका थिए । अहिले सडकमा खाते छैन् । सरकार छ यहाँ कसैलाई खाते हुन दिइँदैन ।”

कार्यक्रममा बोल्दै उनले आवश्यक्ता हुनेलाई सरकारले हेर्ने भन्दै अपांगता भएका व्यक्तिहरुका लागि सरकार साथमा रहेको बताए । “जसलाई सहयोगको आवश्यक्ता छ । सरकार तपाईहरुको साथमा छ । जीवनमा आइपरेका समस्याहरुको समाधानको लागि सरकारले सोच्छ, सोच्नैपर्छ ।” प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका केही महत्वपूर्ण काम गर्नु कामहरु गरिरहेको भन्दै त्यसबारे सरकारको काम कारबाहीका बारेमा प्रष्ट पारेका छन् ।

Facebook Comments