काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो धातुको बाला, मोबाइल र ल्यापटपसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगर-१२ जुगेडा घर भइ काठमाडौंको अनामनगर बस्ने आकाश बिष्ट रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ।
पक्राउ परेका बिष्टले विमानस्थलको नयाँ पार्किङ आई दुबईबाट काठमाडौं आएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई विभिन्न सामग्रीहरू ल्याउने लगाउने गरेका थिए ।
साथै प्रहरीले सुन जस्तो देखिने १०० ग्रामको पहेँलो रंगको धातुको बाला २ थान, iPhone 12 Pro Max २ थान र Dell Inspiron 15 7000 Laptop २ थान बरामद गरेको छ । थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको प्रहरीले जनाएका छ ।












Facebook Comments