काठमाडौं । संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षकाे शक्ति प्रदर्शन शुरु भएको छ ।
काठमाडौं र ललितपुरका विभिन्न ९ स्थान (आर्क) बाट निकालिएकाे जुलुस माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्केको जुलुस एकीकृत हुँदै रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपमा पुगिसकेको छ ।
केहीबेरमा शीर्ष नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । काेर्यक्रममा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधबकुमार नेपाल, नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, घनश्याम भुसाल, याेगेश भट्टराइ लगायतका नेताहरूकाे उपस्थिति रहेकाे छ ।
Facebook Comments