बंगलादेशद्वारा वेस्ट इन्डिज ६ विकेटले पराजित

एजेन्सी । आईसीसी मेन्स क्रिकेट वर्ल्डकपमा बंगलादेशले पहिलो वान डेमा बुधबार वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ ।

सुपर लिग अन्तर्गत भएको खेलमा बंगलादेशले १ सय २३ रनको लक्ष्य पाएकोमा चार विकेट गुमाएर ३३.५ ओभरमा पूरा गरेको थियो ।

बंगलादेशका लागि कप्तान तमिम इक्बालले सर्वाधिक ४४ रन बनाए र जितको आधार तयार पारे ।

यसअघि साकिब अल हसनले चार विकेटको उत्कृष्ट प्रदर्शन गरेपछि वेस्ट इन्डिज ३२.२ ओभरमा १ सय २२ रन बनाएर अलआउट भएको थियो ।

वेस्ट इन्डिजका लागि केली मेयर्सले बनाएको ४० रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । साकिबले ७.२ ओभरमा आठ रन मात्र खर्चेर चार विकेट लिए र उनी ‘म्यान अफ द म्याच’ भए ।

Facebook Comments