शिष्टाचार तथा सम्मानले दर्शाउछ नेपाल-भारतकाे मित्रता

काठमाडाैँ । छिमेकी देश भारतमा भ्रखरै औपचारिक भ्रमणमा गएर फर्किएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार तथा सम्मानमा झुकेर नमस्कार गरिएकोमा अहिले उक्त तस्बीरलाई अतिरञ्चित तवरले सामाजिक सञ्जालमा भाइरल गराइएको छ।

कतिपय सामाजिक सञ्जाल फेसबुक तथा ग्रुपमा यसरी झुक्नु हुँदैन भन्दै उक्त तस्बीर भाइरल गराइएको छ। तर उक्त तस्बीरलाई लिएर अहिले अज्ञात समुहले प्रापोगण्डा रचिरहेको छ।

त्यस्तै केही समय पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा उहाँ पनि शिष्टाचार तथा सम्मानमा झुकेर नै नमस्कार गरेका थिए।

यसले हाम्रो पराम्परा तथा संस्कृति जिवितै रहेको प्रमाण दिन्छ। त्यस्तै रोटी बेटीको सम्बन्धले पनि नेपाल-भारतबीच घनिष्ट मित्रता रहेको देखाउँछ।