देशभर २६६ कोरोना संक्रमित थपिए, ४०० जना डिस्चार्ज, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ४०० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ ।

यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै हिजो नेपालमा २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।