मोरङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतको दैनिक बेन्च बस्ने भएकाले संसद् पुनर्स्थापना गर्न दबाबका लागि आन्दोलन सशक्त बनाउन आवश्यक रहेको बताएका छन् । त्यसका लागि सबैले आन्दोलनलाई सशक्त बनाउनुपर्ने बताएका छन् ।
विराटनगरमा आइतबार मोरङमा प्रचण्ड-नेपाल समूहका नेता, कार्यकर्तासँगको भेटघाटमा पाण्डेले प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदम असफल पार्न सबैलाई एकजुट भएर आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताएका हुन् ।
उनले भने, ‘संविधान र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समेत प्रतिनिधिसभा विघटन गर्न मिल्दैन । त्यसैले सर्वोच्च अदालतको निर्णय पुनर्स्थापना नै हुन्छ तर त्यसका लागि दबाब सिर्जना गर्नु अहिलेको आवश्यकता हो ।’
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरेको अवस्थामा राजनीतिक अस्थिरताले द्वन्द्व निम्तिनुका साथै मुलुक अँध्यारो सुरुङमा फस्ने पाण्डेको भनाइ थियो ।
Facebook Comments