विशेष अदालतको आदेशविरुद्ध सर्वोच्चमा पुगे पूर्वप्रमुख आयुक्त बस्नेत

काटमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेत सर्वोच्च अदालत पुगेका छन् । विशेष अदालतको थुनामा पठाउने आदेशविरुद्ध उनले सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।

पूर्वप्रमुख आयुक्त बस्नेतलाई विशेष अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गरेर डिल्लीबजार कारागारमा पुर्पक्षका लागि पठाएको थियो । भौतिक योजना तथा निमार्ण मन्त्रालयको सचिव भएका बेला बस्नेतले कार्यक्षेत्र मिच्दै बालुवाटारस्थित ललिता निवासको जग्गा ब्यक्तिका नाममा दर्ता गराउन ‘फाईल’ उठाएका थिए । यही फाइलका आधारमा तत्कालीन मन्त्री विजयकुमार गच्छदारले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले सदर गरेको थियो ।

विशेष अदालतले थुनामा पठाउन दिएको आदेशविरुद्ध वारेसमार्फत बस्नेतले सर्वोच्चमा पुनरावेदनको निवेदन दर्ता गराएका हुन् । २८ मंसिर ०७६ मा विशेष अदालतले बालुवाटारको सरकारी जग्गा गैरकानुनी ढंगले व्यक्तिका नाममा लैजान मतियारको भूमिका खेलेको बस्नेतमाथि अभियोगमा पुर्पक्षका लागि कारागार पठाइएको थियो ।