गुड्दा गुड्दै ट्रकमा लाग्याे आगो

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा गुड्दा गुड्दैको ट्रकमा आगलागी भएको छ।

पोखरामा सिमेन्ट पुर्‍याएर फर्केको लु२ख ११९ नम्बरको मालबाहक ट्रकमा कसरी आगलागी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहान करिब सवा ५ बजेतिर भएको आगलागीबाट ट्रकको अगाडिको भागपूर्ण क्षति भएको छ भने चालक र सहयोगी पहिले नै सडकमा झरेकाले अर्को अप्रिय घटना भने भएन ।

प्रहरीले वायरिङ सर्ट भएकाले आगलागी भएको हुनसक्ने अनुमान गरेपनि थप अनुसन्धान जारी रहेको जनाएको छ ।

Facebook Comments