औषधीको प्रयोगबाट गरिने सुरक्षित गर्भपतन कसरी गरिन्छ ?

काठमाडौं – औषधीद्धारा गर्भपतन गर्नुभन्दा पहिले तालिम प्राप्त स्वास्थ्यकर्मीले महिलाको शारीरिक जाँच गर्छन् । शारीरिक जाँचबाट औषधीको प्रयोगबाट गर्भपतन गराउन मिल्ने भएमा मात्र पहिले महिलालाई एक चक्की औषधी खान दिईन्छ । र औषधी खाएको दास्रो दिनमा २४ घण्टामा चार चक्की औषधी इच्छा अनुसार योनी अथवा जिब्रो मुनि राखिन्छ ।

महिलाले चाहेमा यो चार चक्की औषधी स्वास्थ्य संस्था बाहिर वा घरमा लगेर अपनाउन सकिन्छ । औषधी योनीमा वा जिब्रो मुनी राख्ने तरीका दक्ष स्वास्थ्यकर्मीले सिकाउने गर्दछन् ।

चार चक्की औषधी मुखमा राख्ने तरिकाः

चार चक्कीलाई १९१ गरेर जिब्रो मुनि राख्ने

आधा घण्टासम्म मुख बन्द गरी बस्ने

आधा घण्टा पछि जिब्रोमुनि रहेको औषधीको भागलाई पानीले निल्ने

चार चक्की औषधी योनीमा राख्ने तरिकाः

पिसाब फेरेर साबुन पानीले योनी र हात धुने

ओछ्यानमा आरामले पल्टिने

चार चक्की औषधीलाई औलाको प्रयोग गरि योनीको भित्रसम्म १/१ गरी पालैपालो राख्ने

चक्की राखिसकेपछि आरामले आधा घण्टा सुत्ने

औषधी राखिसकेपछि महिनावारी जस्तै रगत बग्ने तल्लो पेट दुख्ने गर्दछ ।

औषधीको प्रयोगबाट कुनै कुनै महिलामा देखिने लक्षणहरु

टाउको दुख्ने

हल्का ज्वरो आउँने

वाकवाकी लाग्ने

बान्ता हुने

माथिका लक्षणहरु देखिएमा प्रसस्तमात्रामा झोलिलो पदार्थ पिउँने । साथै औषधी प्रयोग गरेको एक घण्टाभित्र दुई वा दुई भन्दा बढि प्याड भिज्ने गरि रगत बगेमा वा १०० डिग्री सेल्सियस भनदा बढि ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था वा चिकित्सकलाई लेखाउँनु पर्छ ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.