बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ। गत २४ घण्टामा ४ सय ४५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय ३४ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को झापामा ५, तेह्रथुममा १, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ११ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १, पर्सामा ३, सप्तरीमा २३, सर्लाहीमा १ र सिरहामा ४ जनामा कोरोना भेटिएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ८९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ७, चितवनमा १, दोलखामा ५, धादिङमा ४, नुवाकोटमा २, भक्तपुरमा १९, मकवानपुरमा ३, रसुवामा ३, ललितपुरमा ३८ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा १, तनहुँमा २, पर्वतमा २, म्याग्दीमा २, लमजुङमा २ र बागलुङमा १ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा २, दाङमा २, नवलपरासीमा १, पाल्पामा २, बर्दियामा ६, बाँकेमा २५, रोल्पामा १ र रुपन्देहीमा १८ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको जुम्लामा मात्र कोरोना भेटिएको छ। जुम्लामा १ जना कोरोना भेटिएको हो। सुदूरपश्चिम प्रदेशको डोटीमा १ र बझाङमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Facebook Comments